अर्थ

‘द ब्रिटिस कलेज जब फेयर–२.०’ सम्पन्न

द ब्रिटिस कलेज (टिबिसी)ले द ब्रिटिस कलेज जब फेयर–२.० सम्पन्न गरेको छ। जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४१ कम्पनीको सहभागिता रहेको थियो।

जब फेयरमा चारभन्दा बढी रोजगारीका लागि विद्यार्थीले अन्तर्क्रिया र अन्तर्वार्ता दिएका थिए। कलेजका पूर्वविद्यार्थीसँगै स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत बिबिए, बिएस्सी (हन्स) कम्प्युटिङ तथा एसिसिएका साथै स्नातकोत्तर तहको एमएससी आइटी, एमबिए तथा एमआइसबिएम तहका विद्यार्थी पनि जब फेयरमा सहभागी रहेको कलेजले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०७८ ०३:२५ शुक्रबार

द ब्रिटिस कलेज जब फेयर–२.० स्नातकोत्तर तहको एमएससी आइटी