अर्थ

सिटिजन्स बैंकद्वारा बिमा रकम प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जीवन बिमा दाबी रकम भुक्तानी गरेको छ। बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशा र फुलमती कोरीको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ।

सब्रुनका पति जब्बर अली तेलीलाई तीन लाख ६५ हजार सात सय ७४ तथा फुलमती कोरीका छोरा रामचन्द्र कोरीलाई चार लाख ५४ हजार एक सय २२ रूपैयाँ हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ मंसिर २०७८ ०२:१५ शुक्रबार

बैंकको विज्ञप्ति सटिजन्स बैंक बिमा रकम प्रदान