अर्थ

भायानेटको १७५ एमबिपिएसको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी सेवा सार्वजनिक गरेको छ। अल्ट्रा–फाईअन्तर्गत १२५, १७५ र २५० एमबिपिएसका तीनवटा योजना ल्याएको कम्पनीले जनाएको छ।

यस सिरिजको मुख्य योजना १७५ एमबिपिएसको इन्टरनेट हो। जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउने जारी विज्ञप्तिमा उल्लेख छ। जसको वार्षिक प्याकेजमा प्रतिमहिना १२ सय ५० रूपैयाँ रहेको छ। साथै यसका साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेटअप–बक्स र सबै प्याकेजमा एक हजार रिवार्ड अंक प्रदान गर्दै छ।

प्रकाशित: २४ मंसिर २०७८ ०२:०४ शुक्रबार

भायानेटको १७५ एमबिपिएसको इन्टरनेट एमबिपिएसका तीनवटा योजना निःशुल्क इन्टरनेट जडान