अर्थ

‘सनसिल्क दशैं भाइभ्स’ विजेता घोषणा

दशैंको अवसर पारेर नेपाली नारीका लागि लक्षित ‘सनसिल्क दसैं भाइभ्स’को विजेता घोषणा गरिएको छ।

चाडपर्वको समयमा नारीहरूले राम्रो शृंगार गर्ने चाहासँग जोड्न यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

डिजिटल माध्ययमबाट सहभागी भएकामध्ये तीनजना विजेताले प्रिज्मा र प्रिन्सीका साथमा सनसिल्क ग्याङअफ गर्ल्सको अनुहार बन्ने र एक लाख रूपैयाँ जित्ने मौका पाएका छन्।

यो योजनाको पहिलो संस्करण २३ अक्टोबरमा सकिएको थियो। २८ सय ५४ जना सहभागीमध्ये एक सय ५० जना दोस्रो चरणका लागि चयन भएका थिए। आसिना देउला, प्रतिमा कार्की र लालना चिमोरिया विजेता घोषित भएका छन्।

प्रकाशित: २४ मंसिर २०७८ ०१:१८ शुक्रबार

सनसिल्क दसैं भाइभ्स विजेता घोषणा डिजिटल माध्ययम