अर्थ

एकर्ड फर्मास्युटिकल्सको बिक्री प्रबन्धकमा ग्लोबल नियुक्त

एकर्ड फर्मास्युटिकल्स लिमिटेडले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको चार लाख ८० हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

कम्पनी र क्यापिटलबीच भएको सेयर निष्कासनसम्बन्धी सम्झौतामा एकर्ड फर्मास्युटिकल्सका अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्। 

प्रकाशित: २३ मंसिर २०७८ ००:३५ बिहीबार

ग्लोबल आइएमई क्यापिटल एकर्ड फर्मास्युटिकल्स लिमिटेड