अर्थ

युनिलिभरले महिलालाई रोजगारयोग्य बनाउँदै

युनिलिभर नेपाल लिमिटेड र माइती नेपालबीच समाजमा मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाका निमित्त रोजगारी सिर्जना गर्ने सहकार्य भएको छ।

त्यस्ता महिलालाई सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि दुवै संस्थाले मिलेर काम गर्दै महिलाको दिगो आय सिर्जना गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

पीडित महिलाकै लागि प्रख्यात ब्रान्डका ब्युटी पार्लरका साथै एक्स्काभेटर चलाउने र बिक्री (सेल्स) तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ। तालिम अवधिभर उनीहरूलाई माइती नेपालको पुनस्थापना केन्द्रमा राखिने छ।

महिलाको रोजगारीले आफ्नो, आफ्नो परिवार र समुदायको जीवनस्तरमा सुधार गर्नुका साथै उनीहरूलाई सबै क्षेत्रमा आर्थिक जीवनमा पूर्ण रूपमा सहभागी बनाउन सहकार्यले बल पुग्नेछ।

प्रकाशित: २२ मंसिर २०७८ ००:५१ बुधबार

माइती नेपाल युनिलिभर नेपाल लिमिटेड मानव बेचबिखन तथा घरेलु हिंसा