अर्थ

महालक्ष्मीद्वारा डस्टबिन प्रदान

महालक्ष्मी विकास बैंकको हेटौंडास्थित कमाने शाखाले हेटौंडा उपमहानगरपालिका–११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठुला डस्टबिन सहयोग स्वरूप प्रदान गरेको छ।

उक्त शाखाका प्रबन्धक रोशन सेन गुप्ता र वडा नम्बर ११ का कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले संस्थाका अध्यक्ष तारा कप्रौलालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्। उक्त सहयोगबाट टोललाई सफा र हराभरा राख्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।  

प्रकाशित: २२ मंसिर २०७८ ००:४५ बुधबार

महालक्ष्मीद्वारा डस्टबिन प्रदान महालक्ष्मी विकास बैंकको हेटौंडा कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपाने