अर्थ

राजस्व छल्नेविरुद्ध ४५ करोडको मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा पौने ४५ करोड रूपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको छ।

राजस्व चुहावट गरेको आरोपमा रूपन्देही समरिमाही गाउँपालिका वडा नम्बर ६ का कशौधन कवाड सप्लायर्सका सञ्चालक प्रमोद गुप्ताविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।

गुप्ताले राजस्व चुहावट गर्ने मनसायले अन्य फर्मको नामबाट सामान खरिद गरी उक्त सामान विभिन्न व्यक्तिलाई बिक्री गरेर मूल्य अभिवृद्धि कर र आयकर छलेको पाइएको विभागले जनाएको छ। राजस्व अनुसन्धानको बुटवल कार्यालयले गुप्तालाई ४४ करोड ७३ लाख ८६ हजार नौ सय ५८ रूपैयाँ तथा तीन वर्ष कैद सजाय माग दाबी गरेको छ।

प्रकाशित: २० मंसिर २०७८ ०३:०१ सोमबार

राजस्व अनुसन्धान विभाग राजस्व छल्नेविरुद्ध ४५ करोडको मुद्दा