अर्थ

नेपालमा होन्डाको नयाँ एमेज २०२१

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले स्टाइल, पर्फर्मेन्स र सुरक्षा समावेश गरी होन्डाको एमएमसी एमेज २०२१ नेपालमा सार्वजनिक गरेको छ।

नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलइडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत एलइडी डिआरएलएसका साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यानाकर्षण गर्ने कम्पनीको दाबी छ।

उक्त कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमन्ड कट् टू टोन मल्टी स्पोक आर१५ एलोए ह्विल रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, एमेज २०२१ मा गाइडलाइन सहितको रियर मल्टिभ्यू क्यामेरा छ र यस कारले सुरक्षाका लागि एनसिएपीबाट चार स्टार सेफ्टी रेटिङ प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त कार पहिलोपटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा सात स्पिड सिभिटी गियरबक्ससहित आएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० मंसिर २०७८ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App