अर्थ

ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड

ज्योति विकास बैंकले विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ।

अब बैंकका ग्राहकले स्वदेशमै रहेर अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत सुरक्षित ढंगले किनमेल गरी रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। भिसा नेटवर्कमा आधारित यस कार्डमार्फत वार्षिक अधिकतम पाँच सय अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भुक्तानी गर्न सकिने छ।

प्रकाशित: २० मंसिर २०७८ ०१:५१ सोमबार

ज्योति विकास बैँक प्रिपेड डलर कार्ड अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्म