अर्थ

विद्यार्थीलाई ज्योति बैंकको सहयोग

ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित यान्जेर गुम्बा विद्यालयका विद्यार्थीको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एचडिआई) को ‘प्रोजेक्ट ज्योति’मार्फत दुई लाखको आर्थिक सहयोग प्रदान गरेको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

एचडिआईले सो रकमबाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विद्युतीय माध्यमबाट चार्ज हुने बत्तीहरू प्रदान गरेको छ।

सो बत्तीहरूले विद्युत् सेवाबाट वञ्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्नेछ।

‘प्रोजेक्ट ज्योति’ नाम दिइएको यस परियोजनामा एचडिआई र राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरी जडान गरिने बैंकले जनाएको छ। सो पावर वालले विद्यार्थीलाई दिनभर बत्ती चार्ज गर्ने सुविधा प्रदान गर्नेछ।

प्रकाशित: १७ मंसिर २०७८ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App