अर्थ

स्प्राइटका विजेतालाई पल्सर मोटरसाइकल

लेमन–लाइम पेय पदार्थ स्प्राइटको स्क्रिन टाइम प्रमोसनल अभियानअन्तर्गत चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ शीर्षकको क्याम्पेनको समापन भएको छ।

समापनको अवसरमा स्प्राइटले चार जना भाग्यशाली विजेतालाई एकएक वटा बजाज पल्सर (१२५ सिसी) मोटरसाइकल हस्तान्तरण गरेको छ।

बोटलर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड को प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज सोरुममा विजेतालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन्।

त्यसैगरी विराटनगर, चितवन र हेटौंडाका विजेतालाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै बाँकी पाँच जना विजेतालाई ४३ इन्चको सामसङ टिभी र दुई सय ६३ जना विजेतालाई सामसङ  मोबाइल पनि प्रदान गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०७८ ०३:२१ बिहीबार

स्प्राइटका विजेता पल्सर मोटरसाइकल बोटलर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर