अर्थ

सुनको मूल्य बढ्यो

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला २०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६००रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: १२ मंसिर २०७८ ०७:२९ आइतबार

सुनचाँदी बजार