अर्थ

मंगलम् पाइप्सद्वारा सरसफाइ

सिपिभिसी पाइप्स र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। ‘सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर’ नारासाथ सम्पन्न गरिएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ।

उक्त कार्यक्रममा गोलगढ क्षेत्रमा सरसफाइ गरिएको थियो। उक्त क्षेत्रमा मंगलम् पाइप्सको यो पहिलो सरसफाइ कार्यक्रम भए पनि वातावरण संरक्षण र संवद्र्धनमा भने कम्पनी पहिलेदेखि नै अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ। मंगलम्ले निकै लामो समयदेखि विभिन्न ठाउँमा हात धुनका लागि धारा एवं फोहोर फाल्ने ठाउँ व्यवस्थापन गर्न डस्टबिन राख्दै आएको जनाएको छ।

यो सुरुआत मात्र भएको र भविष्यमा यस्तो कार्यक्रम आयोजना गर्दै जाने कम्पनीले जानकारी गराएको छ।

प्रकाशित: १२ मंसिर २०७८ ०४:२० आइतबार

मंगलम् पाइप्स