अर्थ

आइआइडिएस फेलोसिप कार्यक्रम सुरु

सर्वाङ्गीण विकास अध्ययन केन्द्र(आइआइडिएस) ले फेलोसिप कार्यक्रत सुरु गरी ४३औं वार्षिकोत्सव मनाएको छ।

कार्यक्रमको अवसरमा आइआइडिएस, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपालबीच आपसी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। सन् २०१६ मा सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर्स इन पब्लिक पोलिसी) कार्यक्रम सुरु गर्न आइआइडिएस र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

फेलोसिप कार्यक्रमको मुख्य उद्देश्य शिक्षित युवाको क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई एक वर्षसम्म नेपालका स्थानीय सरकारसँग संलग्न भई सार्वजनिक प्रशासन र सेवा प्रवाह,नेतृत्व, नीति निर्माण र अनुसन्धान कार्यमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्नु रहेको छ।

यी विश्वविद्यालयबाट भर्खरै मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका कार्यक्रममा स्नातकोत्तर पूरा गरेका एक सय युवालाई प्रत्येक वर्ष यो अवसर प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ। पहिलो चरणको कार्यक्रम, सन् २०२२ मा हुने स्थानीय निर्वाचनपछि सुरु गरी पाँच वर्षको अवधिमा कार्यान्वयनमा ल्याइनेछ।

प्रकाशित: १० मंसिर २०७८ ०३:२३ शुक्रबार

सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडिएस) फेलोसिप कार्यक्रमको मुख्य उद्देश्य शिक्षित युवाको क्षमता अभिवृद्धि समझदारीपत्रमा हस्ताक्षर