अर्थ

शिवम् सिमेन्टद्वारा प्राविधिक अन्तर्क्रिया

शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका दुई सय ६० जना निर्माणकर्मीसँग परामर्श तथा अन्तर्क्रिया सम्पन्न गरेको छ।

कम्पनीले सो कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरेको हो। साथै हरेक सहभागी निर्माणकर्मीका लागि पाँच लाख रूपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरिएको कम्पनीले बताएको छ।

दैनिक खटिने निर्माणकर्मी हरेक दिन जोखिमपूर्ण कार्य गर्दै आइरहेको अवस्थामा उक्त जोखिमलाई ध्यानमा राखी शिवम्ले निर्माणकर्मीका लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रियामा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीका लागि पाँच लाख रूपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बिमा गरेको थियो। 

प्रकाशित: ९ मंसिर २०७८ ०३:२३ बिहीबार

शिवम् सिमेन्ट प्राविधिक परामर्श निःशुल्क दुर्घटना बिमा योजना