अर्थ

सिजी मेरिडिया प्रिमियम फ्रिज सार्वजनिक

इलेक्ट्रोनिक्स कम्पनी सिजीले ‘सिजी मेरिडिया’ प्रिमियम फ्रिज नेपाली बजारमा सार्वजनिक गरेको छ।

सिजी मेरिडिया फ्रिज साइक्लोपेनटेन तथा डिजिटल इनभर्टर  कम्प्रेसर जस्ता उत्कृष्ट प्रविधिबाट तयार  पारिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। उन्नत प्रविधिबाट सुसज्जित सो उत्पादनले नेपाली ग्राहकको मन जित्ने कम्पनीले जनाएको छ।

फ्रिजमा रहेको साइक्लोपेनटेनजस्ता सुविधाले लोडसेडिङको अवस्थामा पनि खानालाई लामो समय ताजा राख्ने कम्पनीको दाबी छ। यस फ्रिजमा १० वर्षको वारेन्टी रहेको छ। 

प्रकाशित: ९ मंसिर २०७८ ०३:१४ बिहीबार

इलेक्ट्रोनिक्स कम्पनी सिजी सिजी मेरिडिया नेपाली ग्राहकको मन जित्ने फ्रिजमा रहेको साइक्लोपेनटेन