अर्थ

टर्कीका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

नेपालका लागि टर्कीका राजदूत फिरत सुनेलले राष्‍ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

नेपालका लागि महामहिम राजदूतको जिम्मेवारी तोकिएका फिरत सुनेलले राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा आआफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन्। सो अवसरमा परराष्‍ट्रमन्त्री नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति रहेको थियो।

प्रकाशित: ९ मंसिर २०७८ ०२:४२ बिहीबार

नेपालका लागि टर्कीका राजदूत फिरत सुनेल ओहदाको प्रमाणपत्र परराष्‍ट्रमन्त्री नारायण खड्का