टाटा कम्युनिटी इनिसिएटिभ ट्रस्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ मा निर्माण गरिएको जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ।
नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको एक हिस्सा स्वरूप टाटा कम्युनिटी इनिसिएटिभ ट्रस्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदियन सहायता संस्थासँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त सातवटा विद्यालयको पुनर्निर्माण गरिएको छ ।
शारदा माध्यमिक विद्यालय, जाल्पादेवी माध्यमिक विद्यालय, मार्मिङ माध्यमिक विद्यालय, थापी नारायण आधारभूत विद्यालय, कोदारी माध्यमिक विद्यालय तथा जनज्योति आधारभूत विद्यालयको पुनर्निर्माण गरी हस्तान्तरण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ८ मंसिर २०७८ ०४:२२ बुधबार