अर्थ

मुर्कुटीमा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङको बंगलाचुली गाउँपालिका मुर्कुटीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

यसबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०७८ ०३:३५ बुधबार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड निक्षेप संकलन शाखारहित बैंकिङ सेवा