अर्थ

शिवम् सिमेन्टको अन्तर्क्रिया कार्यक्रम

शिवम् सिमेन्टले देशका विभिन्न स्थानमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

सो कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीका लागि पाँच लाख रूपैयाँबराबरको दुर्घटना बिमा गरी बिमा पोलिसीसमेत वितरण गरेको कम्पनीले जनाएको छ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मी हरेक दिन जोखिमपूर्ण काम गर्दै आइरहेको जनाउँदै कम्पनीले निर्माणकर्मीका लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ।

पहिलो चरणअन्तर्गत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरीलगायत १६ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तक्र्रिया सम्पन्न भएको कम्पनीले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७८ ०३:३२ शुक्रबार

शिवम् सिमेन्ट अन्तर्क्रिया कार्यक्रम सम्पन्न