अर्थ

गणपति ज्वेलर्ससँग ‘विवाह उत्सव’

विवाहको मौसमलाई लक्षित गरी गणपति ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ।

यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रूपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा दिएको छ।

‘विवाह उत्सव’ योजना मंसिरदेखि २ महिना चल्ने ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले जनाएका छन्। काठमाडौं न्युरोड विशाल बजारको जनसेवासँगै रहेको ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ।

ज्वेलर्सको सो योजनाले नवविवाहित जोडीको विवाह उत्सव बन्ने र दाम्पत्य जीवनलाई मिठा सम्झनाहरूको गहनाले पनि सजाउने अर्का सञ्चालक विश्वास बेगानीले बताए।‘हाम्रो योजनाले आन्तरिक पर्यटन पनि प्रवर्द्धन हुने विश्वास गरेका छौं,’ बेगानीले भने, ‘हाम्रो उद्देश्य नै हाम्रा ग्राहकलाई गुणस्तरीय गरगहना उपलब्ध गराउने हो।’

प्रकाशित: ३ मंसिर २०७८ ०२:११ शुक्रबार

विवाह उत्सव नवविवाहित जोडी विवाहको मौसमलाई लक्षित गरी गणपति ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ। आन्तरिक पर्यटन पनि प्रवर्द्धन