अर्थ

कोका–कोलाको भाइबरसँग साझेदारी

कोका–कोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एन्ड मिल्सको थिमअन्तर्गत कोका–कोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्सफुड र्‍यान्ड माइजर सार्वजनिक गरेको छ। नेपालमा १ करोडभन्दा बढी भाइबर प्रयोगकर्ता यो योजनामा रमाउन सक्ने कम्पनीले बताएको छ।  

प्रयोगकर्ताले आफ्ना साथी, सहकर्मी वा परिवारलाई कोक र खानाको लोकप्रिय संयोजनका लागि माग गर्न सक्नेछन्। फिल्टरमा कोक र मोमोस, कोक र पिज्जा, कोक र चाउमिनजस्ता लोकप्रिय कोक र मिल्सका कम्बो र्‍यान्डम्ली जेनेरेट हुन्छ। जेनेरेट भएको एउटा कोक एन्ड मिल्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न सक्नेछन् र कम्बो किनिदिन अनुरोध गरी आफ्ना साथी, सहकर्मी वा परिवारलाई सजिलै पठाउन सक्नेछन्।  

एआर लेन्स बुधबार आयोजित ‘राकुटेन भाइबर एक्स कोका–कोलाः स्ट्राटेजिक पार्टनरसिप’ पत्रकार सम्मेलनको क्रममा भर्चुअल रूपमा सार्वजनिक गरिएको हो। राकुटेन भाइबर र कोका–कोलाबिचको यो सहकार्यले भाइबरका नेपाली प्रयोगकर्तालाई रोमाञ्चक सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

भाइबरका सिनियर निर्देशक डेभिड त्सेले भने, ‘हामी कोका–कोलासँग साझेदारी गरी यो रमाइलो, प्रविधि–सञ्चालित परिवार र साथीलाई विभिन्न खानाको संयोजन पस्किन पाउँदा अत्यन्तै उत्साहित छौं।’

कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीका अनुसार कोका–कोलाले सबै परिवारजनलाई साथमा ल्याएर खानाको पललाई विशेष बनाउँछ। यो नयाँ कोक एन्ड मिल्स भाइबर लेन्सले विशेष गरी नेपालका युवामाझ रमाइलो कुराकानी गराउने र कोक र खानाका साथ विशेष पल मनाउने प्रयास गरेको छ।

प्रकाशित: २ मंसिर २०७८ ०३:५८ बिहीबार

कोका–कोला नेपालले राकुटेन भाइबर सहकार्य