अर्थ

भारतीय सहयोगमा ५० हजार निजी आवास तयार

भारत सरकारको आर्थिक सहयोगमा भूकम्पबाट क्षतिग्रस्त ५० हजार निजी आवास निर्माण भएका छन्। भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले भारत सरकारले प्रतिबद्धता जनाएअनुसार ५० हजार निजी आवासको पुनर्निर्माण भएको बताइन्।

गोरखा र नुवाकोट जिल्लाका चार नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराएको थियो।

२०७२ सालको भूकम्पबाट प्रभावित नेपालका ११ जिल्लामा ७१ वटा शिक्षा क्षेत्रसँग सम्बन्धित परियोजना, १३२ वटा स्वास्थ्य भवन तथा २८ वटा सांस्कृतिक सम्पदास्थलको पुनस्र्थापना/प्रबलीकरणको काम भारतीय सहयोगमा भएको छ। सो पुनर्निर्माणमा भारत सरकारले १५० मिलियन अमेरिकी डलरको सहयोगको प्रतिबद्धता व्यक्त गरेको थियो। 

प्रकाशित: ३० कार्तिक २०७८ ०२:११ मंगलबार

भारत सरकार आर्थिक सहयोग