अर्थ

एनएमबी बैंकमा अनलाइनबाटै खाता खोल्न मिल्ने

एनएमबी बैंकले भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न र खाता खोज्न मिल्ने योजना ल्याएको छ।  यो सेवामार्फत एनएमबीमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न र आफ्नो केवाइसी विवरण अपडेट गर्न सकिने बताइएको छ। 

एनएमबीले डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको थालनी गर्दै मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंक नधाइकनै मुख्य बैंकिङ गतिविधि सञ्चालन गर्न यो योजना ल्याएको जनाएको छ।

 यो योजनाबाट घरमै बसी बैंकिङ कारोबार सहज वनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मूल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान हुने बैंक जनाएको छ। साथै, बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड दूत नियुक्त गरेको छ ।

प्रकाशित: २९ कार्तिक २०७८ ०४:०१ सोमबार

एनएमबी बैंक