अर्थ

फुटवेयर बिजनेस एक्सपो भोलिदेखि

फुटवेयर म्यानुफ्याम्चरर्स एसोसिएसनले जुत्ता–चप्पल मेला आयोजना गर्ने भएको छ।

‘फुटवेयर बिजनेस एक्सपो–२०२१’ नामको मेला कात्तिक २६ देखि मंसिर १३ सम्म चल्ने एसोसिएसनले जनाएको छ।मेलामा ३० कम्पनीका एक सयभन्दा बढी स्टल रहने मेला संयोजक होमनाथ उपाध्यायले बताएका छन्।

उनका अनुसार मेलामा नयाँ तथा पुराना ब्रान्डका जुत्ता–चप्पलमा १५ देखि ५० प्रतिशतसम्म छुट हुनेछ।

दैनिक सात हजार पाँच सय जोर जुत्ता बिक्री हुने र मेला अवधिभरमा दुई करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्य रहेको छ।मेला १० लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा छ।

प्रकाशित: २५ कार्तिक २०७८ ०३:०६ बिहीबार

फुटवेयर म्यानुफ्याम्चरर्स एसोसिएसन मेला संयोजक होमनाथ उपाध्याय नयाँ तथा पुराना ब्रान्डका जुत्ता–चप्पल