अर्थ

फुडमाण्डू १२ वर्षमा

अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डूले सञ्चालनको ११ वर्ष पूरा गरेको छ। सन् २०१० को नोभेम्बर ११ देखि सञ्चालनमा आएको कम्पनीमा काठमाडौं र पोखराका सयौं रेस्टुरेन्टहरू आवद्ध छन्।

कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीका अनुसार थप शहरहरूमा सेवाहरू थप परस्कृत गर्दै लैजाने योजनामा कम्पनी छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले आर्कषक छुटको व्यवस्था गरेको जनाएको छ।

कम्पनीले हाम्रो पात्रोसँग समेत सहकार्य गर्दै उक्त एपमार्फत समेत खाना अर्डर गर्न सकिने व्यवस्थाको तयारीमा गरेको जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ ०२:४३ बिहीबार

अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डू पोखराका सयौं रेस्टुरेन्ट वार्षिकोत्सवको अवसर