अर्थ

सस्तो डिलको महा छठ पर्व योजना

सस्तो डिलले महा छठ पर्व योजना सुरु गरेको छ। जाडो मौसमका लागि मिन्त्राको नयाँ कलेक्सन लन्च गर्दै सस्तो डिलले विभिन्न छुटकासाथ तिन दिने योजना ल्याएको हो। मिन्त्रा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्ड भएको भारतको एक प्रमुख फेसन ईकमर्स कम्पनी हो। यस योजनामा ग्राहकहरुले मिन्त्राको आउँदो नयाँ जाडोयामका कलेक्सनमा  किनमेल गर्न सक्नेछन्।

तीनदिने योजना नोभेम्बर १० देखि १२ नोभेम्बरसम्म संचालन हुनेछ। सो योजना अन्तर्गत ग्राहकहरुले ईसेवाबाट तत्काल २५ प्रतिशत अथवा २,००० रूपैयाँसम्म छुट पाउन सकिनेछ। यस्तै हरेक विधाका कपडाहरुमा ७५ प्रतिशतसम्मको छुट, मन्त्राको शिक स्टाइलमा अतिरिक्त भाउचर छुट,१० हजार रूपैयाँको भाउचर छुट र एक महिनाकालागि सोनी लाईभको निशुल्क सब्सक्रिप्सन तथा अन्य सुविधा पाइनेछ।

यसका साथै ग्राहकहरुले गोलाप्रथाका माध्यमले उर्जा ज्वेलर्सबाट तीन लाख रुपैयाँ बराबरको हिरा जित्न सक्नेछन्। जिओमी, मिन्त्रा लगायतका एप्समा दिएका यस्तो अफरले ग्राहकहरुलाई सस्तो लागतामा आफ्ना मनपर्ने उत्पादनहरुको खरिद गर्न मद्यत गर्ने कम्पनीले जनाएको छ।

भाउचर छुटका कारण कैयौँ गुणस्तरयुक्त उत्पादनहरु सस्तो मूल्यमा नै खरिद गर्न सकिने पनि कम्पनीले बताएको छ। यसका साथै खरिदकर्ताहरुले अनलाईन वालेटका माध्यम वा ईसेवाबाट भुक्तानी गर्न चाहेमा अन्य विशेष हफर पनि हात पार्न सकिनेछ।

प्रकाशित: २४ कार्तिक २०७८ १०:३७ बुधबार

सस्तो डिल राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्ड