अर्थ

रघुपति जुलमिल्स हातामा वृक्षरोपण

रघुपति जुट मिल्स लिमिटेड स्थापनाको ७५ वर्ष पुगेको अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यतामा वृक्षरोपण एवं कामदार/कर्मचारीलाई सम्मान गरेको जनाएको छ।कम्पनीले वर्ष दिनसम्म विविध कार्यक्रम गरी आफ्नो हिरक जयन्ती मनाउन लागेको विज्ञप्तिमा उल्लेख छ।

सो अवसरमा एमाले अध्यक्ष ओलीले रघुपति जुट मिल्सको स्थलगत अवलोकन साथै उद्योग परिसरमा स्वामी,रुद्राक्ष लगायतका वृक्षरोपण गरेका छन्। साथै ६० वर्ष जुट मिल्समा काम गरी २०७० सालमा सेवा निवृत्त भएका श्रमिक अर्विद हुसेनलाई दोसल्ला,फूलमाला र नगद पुरस्कारसहित प्रमुख अतिथिबाट सम्मान गरिएको छ। त्यस्तै,मिलमा कार्यरत एकै परिवारका तीन पुस्ता हजुरआमा समिन्दा खातुन,छोरी आफ्सना खातुन एवं नातिनी सोनम खातुनलाई प्रमुख अतिथिबाट सम्मान एवं पुरस्कृत गरिएको छ।

सो अवसरमा मिल्समा एकै परिवारका दुई पुस्तादेखि कार्यरत कर्मचारीमध्ये नारायण खड्का र प्रकाशकुमार खड्कालाई समेत सम्मान एवं पुरस्कृत गरिएको छ। २००३ सालमा स्थापना भई २०५३ सालमा निजीकरण भएको मिल्समा हाल तीन हजारभन्दा बढी कामदार कर्मचारी कार्यरत रहेको र दैनिक ५० टन जुटका विभिन्न सामग्री उत्पादन हुने गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ कार्तिक २०७८ ०३:१९ बुधबार

रघुपति जुट मिल्स लिमिटेड पूर्वप्रधानमन्त्री एवं नेकपा