अर्थ

सांग्रिलाको शाखा बरहथवामा

सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीस्थित बरहथवा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार सो शाखा सञ्चालनमा ल्याएको हो।

बरहथवा शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। योसँगै सांग्रिला डेभलपमेन्ट बैंकका कुल शाखा संख्या एक सय एक पुगेको छ। 

प्रकाशित: १६ कार्तिक २०७८ ०२:५३ मंगलबार

सांग्रिला डेभलपमेन्ट बैंक सर्वसाधारणलाई सहज बैंकिङ सुविधा बरहथवा शाखा कार्यालय