अर्थ

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपालमा सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैँया तोकिएको छ। सुन बुधबार प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैँया रहने छ जसको मूल्य बुधबार ९१ हजार ५ सय रुपैँया तोकिएको थियो।

त्यस्तै चाँदी प्रतितोला एक हजार २५० मा कारोबार हुने महासङ्घले जनाएको छ। चाँदी बुधबार प्रतितोला एक हजार २५० रूपैँयामा नै कारोबार भएको थियो। महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ। रासस

प्रकाशित: ११ कार्तिक २०७८ ०६:२५ बिहीबार

सुनको मूल्य बढ्यो चाँदीको स्थिर नेपाल सुनचाँदी व्यवसायी महासङ्घ