अर्थ

‘जावा मोटरसाइकल यात्रा’

जावा मोटरसाइकलले नेपालका लागि आधिकारिक वितरक अग्निमोटोइंकसँग मिलेर पहिलो पटक मोटरसाइकल यात्रा आयोजना गरेको छ। क्लासिकलिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा यात्रा गरेका थिए।

जावा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जावा पेराक बिक्रीवितरण गर्दै आएको छ। यस ब्रान्डले नेपालका प्रमुख सहरमा डिलरसिप स्थापना गरिसकेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ कार्तिक २०७८ ०३:५१ मंगलबार

जावा मोटरसाइकल सह–संस्थापक तथा निर्देशक अनुपम थरेजा