अर्थ

ग्लोबल आइएमईको लाभांश घोषणा

ग्लोबल आइएमई बैंकले १३ दशमलव ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार बसेको ३९३औं बैठकले राष्ट्र बैंक तथा बैंकको १५औँ वार्षिक साधारणसभाको स्वीकृतिपछि आव २०७७/०७८ को वितरण योग्य मुनाफा समेतबाट २ अर्ब ९२ करोड रूपैयाँबराबरको बोनस सेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत वितरण गर्ने निर्णय गरेको छ।

प्रकाशित: २६ आश्विन २०७८ ०३:०० मंगलबार