अर्थ

मिनिमार्टको अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार कमल विनायकका तीनवटा मिनिमार्ट अनुगमन गरिएको छ। सर्वसुलभ उपभोक्ता सहकारीको मिनिमार्ट, कमलविनायक मिनिमार्ट र केएम मार्टमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा भेटिएको कैफियत सुधार्न मिनिमार्ट सञ्चालकहरूलाई निर्देशन दिइएको र म्याद नाघेका सामान जफत गरी नष्ट गरिएको समितिले जनाएको छ। अनुगमनका क्रममा मिनिमार्टमा फेला परेको म्याद नाघेको रेड चेरी, तोमयाम पेस्ट, पप, चिज, साबुदाना, पापड, विस्कुट, रसवरी, चिसो पेय लगायत सामान जफत गरी नष्ट गरिएको छ। 

अनुगमनमा वडा सदस्य रोशनमैया सुवाल, स्यानिटेसन उपशाखा प्रमुख नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापती, कर उपशाखाका मोहनदेवी व्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक छत्रबहादुर थापा, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघकी रूपालक्ष्मी प्रजापती, भक्तपुर उद्योग वाणिज्य संघका विश्वराम दुवाल सहभागी थिए।

अनुगमनमा नगर सदस्य रोशनमैया सुवाल, स्यानिटेसन उपशाखा प्रमुख नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापती, कर उपशाखाका मोहनदेवी व्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक छत्रबहादुर थापा, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघकी रूपालक्ष्मी प्रजापती, भक्तपुर उद्योग वाणिज्य संघका विश्वराम दुवाल सहभागी थिए।

प्रकाशित: २५ आश्विन २०७८ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App