अर्थ

दाङमा जेसिबीको शाखा

नेपालका लागि जेसिबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुर्भसले दाङको घोराहीस्थित रतनपुर चोकको शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

नेपाल निर्माण  व्यावसायी लुम्बिनी प्रदेश अध्यक्ष बद्रीभद्र रानाको प्रमुख आतिथ्यमा सो शाखा उद्घाटन गरिएको कम्पनीले जनाएको छ। 

जेसिबीका एस्काभेटर, ब्याकहो, कम्प्याक्टर, टेलिहन्डालरलगायत उत्पादन बजारमा छन्। इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिन लोकप्रिय रहेको कम्पनीको दाबी छ।  

प्रकाशित: २२ आश्विन २०७८ ०२:२७ शुक्रबार

दाङमा जेसिबीको शाखा नेपाल निर्माण व्यसायी लुम्बिनी प्रदेश अध्यक्ष बद्रीभद्र राना एस्काभेटर ब्याकहो कम्प्याक्टर टेलिहन्डालर