अर्थ

निर्वाचित पदाधिकारी सम्मानित

१४औं महाधिवेशनमा निर्वाचित पदाधिकारीलाई प्रेस युनियन बराहक्षेत्र नगर समितिले सम्मान गरेको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नगर अधिवेशनमा निर्वाचित पदाधिकारीलाई नेपाल प्रेस युनियन बराहक्षेत्र नगर समितिले सोमबार सम्मान गरेको हो। 

नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीको प्रमुख आतिथ्यमा नगर सभापति रमेश कार्कीलगायत १८ जना पदाधिकारीलाई सम्मान गरिएको छ। 

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत विभिन्न समितिका पदाधिकारीको उपस्थिति रहेको कार्यक्रमका वक्ताले निर्वाचित पदाधिकारीलाई बधाई दिएका थिए।  

प्रकाशित: १९ आश्विन २०७८ ०३:१४ मंगलबार