अर्थ

मेडिसिटीको सिटी अफिस विशालनगरमा

ललितपुर नख्खुमा रहेको अस्पताल मेडीसिटीले आफ्ना नियमित बिरामीको चेक जाँचलाई अझ सहज बनाउन काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थ केयर प्रालिलाई आफ्नो सिटी अफिसको रूपमा स्थापित गरेको छ।

सिटी अफिसबाट अस्पतालका सम्पूर्ण ओपिडी सेवा र सामान्य उपचार सेवा अस्पातलकै वरिष्ठ चिकित्सकबाट हुने जारी विज्ञप्तिमा उल्लेख छ। हाल हाडजोर्नी तथा नशा रोगसम्बन्धी ओपिडी सेवा सञ्चालनमा आइसकेको र फलोअप, चेकजाँच तथा सामान्य उपचारका लागि अस्पताल धाइरहन नपर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ आश्विन २०७८ ०२:२६ सोमबार

मेडिसिटीको सिटी अफिस विशालनगरमा नियमित बिरामीको चेक जाँच विशालनगरस्थित अरोगिन हेल्थ केयर प्रालि फलोअप चेकजाँच तथा सामान्य उपचार