स्मार्टफोन ब्रान्ड सामसुङले नवीनतम प्रविधियुक्त ग्यालेक्सी ए५२एस फाइभजी फोन बजारमा ल्याएको छ। ग्लालेक्सी ए५२को विरासतलाई आत्मसात् गर्दै कम्पनीले थप सुविधा समावेश गरी ग्यालेक्सी ए५२एस फाइभजी फोन बजारमा प्रस्तुत गरेको हो। यो फोनले फाइभजी ग्यारेन्टी प्रदान गरेको छ।
उत्कृष्ट डिस्प्ले, उत्कृष्ट कार्यक्षमता, उत्कृष्ट क्यामरा, आकर्षक डिजाइन, मूल्य तथा उपलब्धताले सहजै ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ। यो फोनको ६ जिबी र्याम र एक सय २८ जिबी भेरियन्टको मूल्य ५३ हजार नौ सय ९९ र आठ जिबी र्याम तथा एक सय २८ जिबीको मूल्य ५५ हजार नौ सय ९९ रूपैयाँ तोकिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १७ आश्विन २०७८ ०३:३४ आइतबार