अर्थ

विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’

महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवाहरूबिच बिमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले विराटनगर र धनगढीमा सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। 

सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालित कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो। बिमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटीका संयोजक खडकनारायण उडाउले सञ्चालन गरेको कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए। 

त्यस्तै, धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा पनि सोही कार्याक्रम सम्पन्न भएको छ। कलेजका सहायक क्याम्पसप्रमुख उत्तमसिंह भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख हर्कबहादुर बोहराले बिमा जागरणको महत्वबारे पारेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ आश्विन २०७८ ०३:११ आइतबार

युवासँग महालक्ष्मी लाइफ’