अर्थ

फोटोन मोटर्सको ‘फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्प’ योजना

फोटोन मोटर्सले दसैंको अवसरमा ‘फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्प’ आयोजना गर्ने भएको छ। असोज १७ देखि २२ गतेसम्म चल्ने फोटोन मोटर्सको आधिकारिक वर्कसप सीतापाइलामा ग्राहकले एक हप्तासम्म फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्पको लाभ उठाउन पाउनेछन्।

सो अवधिमा फोटोनका ग्राहकले फोटोन जेन्युइन स्पेयर पार्ट्समा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १५ प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा शतप्रतिशत छुटसमेत पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। यसका साथै क्याम्पमा फोटोन गाडीसम्बन्धी अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा विभिन्न प्रकारका आकर्षक गिफ्ट दिइनेछ।

प्रकाशित: १५ आश्विन २०७८ ०१:३० शुक्रबार

फोटोन मोटर्स फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्प’ आयोजना अनलाइन परामर्श आधिकारिक वर्कसप