अर्थ

कुमारी स्काई क्लब कार्ड जारी गरिने

कुमारी बैंकले यती एअरलाइन्ससँगको व्यावसायिक साझेदारीमा स्वाइप एन्ड फ्लाई क्याम्पियन सुरु गर्ने भएको छ। यतीको स्काई क्लब कार्ड र कुमारीको भिजा डेबिट कार्डलाई एकीकृत गरी कुमारी स्काई क्लबको ब्रान्ड कार्ड जारी गरिने भएको हो।

सो कार्डबाट ग्राहकले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुनेछ। निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि ग्राहकले सजिलै उपभोग गर्न सक्नेछन् र आवश्यकतानुसार यती एअरलाइन्सले उडान भर्ने नेपालका जुनसुकै गन्तव्यमा पनि निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको छ। 

प्रकाशित: १४ आश्विन २०७८ ०१:३७ बिहीबार

कुमारी बैंक यती एअरलाइन्स यतीको स्काई क्लब कार्ड र कुमारीको भिजा डेबिट कार्ड