अर्थ

नेपाल फाइनान्सको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

नेपाल फाइनान्सले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो नियुक्तिसम्बन्धी सम्झौतामा नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

फाइनान्सले हाल कायम चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ को ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ। एक कित्ता बराबर ०.७० कित्ता हकप्रद निष्कासन गरेपछि फाइनान्सको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार सात सय ५२ रूपैयाँ ५० पैसा पुग्नेछ। 

प्रकाशित: १४ आश्विन २०७८ ०१:०९ बिहीबार

नेपाल फाइनान्स नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली नेपाल फाइनान्सको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल