अर्थ

आइएमई पे र नियोटेरिकबिच सम्झौता

आइएमई पे र  नियोटेरिक नेपालबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसनका व्यापार  तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र  नियोटेरिकका प्रोजेक्ट म्यानेजर  मेघराज भण्डारीले हस्ताक्षर  गरेका छन्।

सम्झौताअनुसार  दसैंतिहारलाई लक्षित गरी सुरु भएको दसैं क्याम्पियनअन्तर्गत नियोटेरिक नेपालका कुनै पनि ग्याजेट आइएमई पेमार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको व्यवस्था मिलाइएको छ। त्यस्तै, एक महिनाको स्किममा नियोटेरिकबाट कुनै पनि ग्याजेट आइएमई पेमार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले ल्यापटप जित्न सक्नेछन्।

प्रकाशित: १४ आश्विन २०७८ ०१:०४ बिहीबार

आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता आइएमई डिजिटल सोलुसनका व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ नियोटेरिकका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारी फ्री डेलिभरीको व्यवस्था