अर्थ

पत्रकार महासंघ भवन निर्माणका लागि सहयोग

नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निमार्णका लागि वृज सिमेन्ट कम्पनीले सहकार्य गरेको छ। उक्त भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट ई प्रालिले उपलब्ध गराउने भएको छ।

उक्त सम्झौतामा वृज सिमेन्ट इन्डस्ट्रिजका चितवन एरियाका सेल्स म्यानेजर लक्ष्मीप्रसाद गुप्ता, वृज सिमेन्टका तर्फबाट सिरिस पन्त र महासंघका अध्यक्ष नारायण अधिकारी तथा महाशाखाका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १४ आश्विन २०७८ ००:५३ बिहीबार

नेपाल पत्रकार महासंघ चितवन शाखा वृज सिमेन्ट कम्पनी पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट ई प्रालि