अर्थ

सानिमाको दसैं धमाका सार्वजनिक

सानिमा बैंकले दसैं धमाका योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ।

बैंकका डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी  भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार  रूपैयाँसम्म र  क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २५ सय रूपैयाँसम्मको छुट पाउन सक्नेछन्।

प्रकाशित: १४ आश्विन २०७८ ००:३२ बिहीबार

सानिमा बैंक दसैं धमाका योजना सार्वजनिक बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता