अर्थ

दराजले ल्यायो दसैं धमाका

अनलाइन बजार दराजले आफ्नो वार्षिकोत्सव अवसरमा ‘दराज दसैं धमा’का सुरु गरेको छ। यो अभियानअन्तर्गत ग्राहकले १० लाख रूपैयाँभन्दा बढी उत्पादनमा मज्जाको छुट पाउनेछन्। 

अभियानको मुख्य आकर्षणमा निः शुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशतसम्म छुट, पाँच हजार रूपैयाँसम्मको मेगा भौचर र ५० हजार मूल्यको उत्पादन एक रूपैयाँमा जित्ने मौका पाउनेछन्। त्यस्तै, बम्पर उपहारअन्तर्गत टिभिएस एनटर्क १२५ सिसीको स्कुटरसमेत जित्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १३ आश्विन २०७८ ०३:३६ बुधबार