अर्थ

निम्बसद्वारा नो–किरा बोरा उत्पादन

 निम्बसले किरा लाग्नबाट बचाउने प्रविधियुक्त नो–किरा बोराको उत्पादन सुरु गरेको छ। अन्न, बिज र दाललाई सुरक्षित भण्डारण गर्ने जिरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो।

साना तथा मझौला किसान र व्यापारीलाई किरा प्रभावित स्थानमा पनि यस झोलामा भण्डारण गर्दा जोखिम नहुने कम्पनीले जनाएको छ। यो झोला चाँडै नै २५, ३५ र ५० किलोमा उपलब्ध हुनेछ।

प्रकाशित: १३ आश्विन २०७८ ०२:४१ बुधबार

जिरोफ्लाई सुरक्षित भण्डारण निम्बसद्वारा नो–किरा बोरा उत्पादन