अर्थ

चौधरी ग्रुपले १४ अर्ब २८ करोड राजस्व तिर्‍यो

चौधरी ग्रुपले गत आर्थिक वर्ष २०७७/०७८ मा १४ अर्ब २८ करोड रूपैयाँ राजस्व तिरेको छ। नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक आर्थिक वर्षमा सरकारको राजस्व खातामा उक्त रकम जम्मा गरिएको हो। 

ग्रुपले यो रकम राजस्वको कुन कुन शीर्षक अन्तर्गत बुझाइएको हो भन्ने खुलाएको छैन। आयकर मात्र तिरिएको हो भने यो गर्व गर्न लायक रकम हो। यो वर्ष कोभिड–१९ का कारण नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको छ। यस्तो बेलामा पनि यो ग्रुपले बुझाउने राजस्वमा कमी आएको छैन। 

ग्रुपले आव २०७४–७५ मा ९ अर्ब ६७ करोड राजस्व बुझाएकामा त्यसको तीन वर्षपछि यो रकम १४ अर्ब २८ करोड पुराएको छ। ग्रुपले सरकारको कुल राजस्वमा आफ्नो योगदान १.७३ प्रतिशत भएको दाबी गरेको छ। 

गत वर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सिजी इन्डस्ट्रियल पार्कमा रहेका उद्योग करिब दुई महिना बन्द भएको बताइएको छ।

प्रकाशित: १२ आश्विन २०७८ ०२:४४ मंगलबार

चौधरी ग्रुप राजस्व