अर्थ

मेडिकल कलेजमा इन्ट्रिग्रेटेड ओपिडी सिस्टम

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्ट्रिग्रेटेड ओपिडी सिस्टम लागु गरेको छ। यो सिस्टम लागु भएसँगै ओपिडीमा बिरामीले सबै सेवा एकै ठाउँबाट पाउनेछन्। यो सेवासँगै टिकट काट्ने, जचाउने, विभिन्न परीक्षणको शुल्क तिर्ने, औषधि खरिद गर्नेलगायत कामका लागि बिरामीले भौंतारिनु पर्ने अवस्था अन्त्य भएको छ।  

बिरामी कुर्ने ठाउँलाई व्यवस्थित बनाइएको छ भने अस्पतालमा ११ विभागका १९ वटा कक्ष एकीकृत सेवाका लागि तयार गरिएको छ। मेडिकलअन्तर्गत मुटु, पेट तथा कलेजो रोग, सर्जरीतर्फ जनरल सर्जरी, पेट तथा कलेजो सर्जरी, युरोलोजी, न्युरो सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलरलगायत सेवा रहेका छन्। हाल अस्पतालको बहिरंग सेवामा दैनिक ६ सय ५० भन्दा बढी सेवाग्राहीले सेवा लिइरहेका छन्।

प्रकाशित: १० आश्विन २०७८ ०३:२२ आइतबार