अर्थ

सिद्धार्थद्वारा जोन्टा क्लबलाई सहयोग

सिद्धार्थ बैंकले जोन्टा क्लब अफ काठमाडौंलाई ४ लाख ९७ हजार  २ सय रूपैयाँ सहयोग गरेको छ। घरेलु हिंसामा जागरुकता फैलाउनका लागि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर ) कार्यक्रमअन्तर्गत सो सहयोग गरेको बैंकले जनाएको छ।  

सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले जोन्टाका अध्यक्ष सीमा गोल्छालाई सो रकम  बराबरको चेक हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ। जोन्टाले हिंसापीडित महिलालाई सहयोग गर्न विभिन्न साझेदारहरूसँग काम गरिरहेको छ। 

प्रकाशित: ८ आश्विन २०७८ ०१:१२ शुक्रबार

घरेलु हिंसा जोन्टा क्लब कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर )